सशस्त्र प्रहरिद्वारा ८० लाख बराबरको लत्ताकपडा बरामद

सिराह । सिरहा जिल्लाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट असोज १६ गते सशस्त्र प्रहरीले करीव ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट ( बिओपी ) लगडिगदियाले उल्लेखित मुल्यको ७८ पोका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
स्थानीयवासिको तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कस्ले राखेको भन्ने खुल्न सकेको छैन । पछिल्लो समय नजिकिदै आएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपाल विशेष योजनाकासाथ सीमामा परिचालित भएको डिएसपि थापाले बताए ।
बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया