बालविवाह अझै रोकिएन कलिलै उमेरमा सुत्केरी हुनेको संख्या बढ्दै

कालीकोट । कालीकोटमा बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । बालविवाहका कारणले जिल्लामा २० वर्षमुनि उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो ।
आर्थिक वर्ष २०७९÷८० मा कालीकोटमा २० वर्ष मुनिका गर्भवतीको सङ्ख्या तीन सय ८१ रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटको तथ्याङ्कमा छ । उमेर नपुगी विवाह गरेकै कारण अधिकांश महिलाहरुमा शारीरिक तथा मानसिक समस्या बढ्दै गएको र बालबालिकालाई पनि विभिन्न समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सङ्केत विश्वकर्माले बताए ।
“समुदायस्तरमा हुने कार्यक्रम नियमित सञ्चालन भइरहेको छ, दुई वर्षमा निःशुल्क रूपमा सामुदायिक स्वास्थ्य एकाइमार्फत उल्लेखनीय रूपमा स्वास्थ्य सेवा लिएका पाइएको छ, नौ पालिकामध्ये सात पालिकामा डाक्टरसहितको सेवा सञ्चालन भएको छ”, उनले भने, “हामीले नियमित रुपमा जनचेतनाका काम गर्दा पनि बालविवाह र कलिलै उमेरमा आमा हुनेको सङ्ख्या बढेको छ ।”
सुत्केरी प्रोत्साहन कार्यक्रममार्फत यातायात भाडा नियमित उपलब्ध गराउने गरेको र स्थानीय तह तथा जिल्ला अस्पतालमार्फत सुत्केरी सेवा सञ्चालन गर्दै आएको डा विश्वकर्माले जानकारी दिए । “स्वास्थ्य सेवा कार्यालयको भवन जीर्ण भएको र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुका पनि भवनको अवस्था जीर्ण रहेका छन”, उनले भने, “बर्थिङ सेन्टर ३७, क्षयरोग डट्स सेन्टर ३३, सुरक्षित गर्भपतन सेवा केन्द्र १५, आयुसिडी सेवा प्रदायक स्वास्थ सेन्टर १३, इमप्लान्ट सेवा प्रदायक संस्था ३१ र अस्थायी परिवार नियोजन सेवा ११ रहेका छन् ।”
















रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
NA passes Film Bill
इजरायलद्वारा वेस्ट ब्याङ्कबाट २३ जना प्यालेस्टिनी पक्राउ
सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : प्रजिअ थपलियाद्वारा मतदानस्थल र मतदान केन्द्रको अनुगमन
नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
प्रतिक्रिया