धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको आग्रह

काठमाडौं । सरकारले धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन नागरिकहरूलाई आग्रह गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालगञ्जमा भएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै घृणा र द्वेष फैलने घटना नगर्न आग्रह गरेको हो ।
मन्त्रिपरिषद् बैठककपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सामाजिक सद्भाव कायम गर्न र प्रचलित कानुनविपरीत हुने कार्य नगर्न अपिल गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिइन्।
सामाजिक सञ्जालमा विषयहरू राख्दा आधारहीन कुरा नराख्न पनि सरकारले आग्रह गरेको छ। आधारहीन कुरा सामाजिक सञ्जालमा राख्न, रोक लगाएको कुरा प्रसारण र प्रकाशन नगर्न अनुरोध गरिएको उनले बताइन् ।
त्यस्तै सुदूरपश्चिममा गएको भूकम्पमा क्षतिको विवरण संकलन गर्ने र उद्धारमा लाग्न राज्यका निकायहरुलाई निर्देशन दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताइन् ।
मन्त्रिपरिषद्ले चार्डपर्वमा उच्च माग हुने खाद्य वस्तुको मूल्यवृद्धी र कालोबजारी नियन्त्रण गर्न सरकारले ध्यानाकर्षण भएको भन्दै यसका लागि सरकारले तत्काल कदम चाल्ने निर्णय पनि गरेको जानकारी उनले दिइन्। व्यापारीले कालोबजारी गरिरहेको सूचना भएमा हेलो सरकारमा सूचना दिन आग्रह गर्दै उनले त्यस्तो भएमा कानुन बमोजिम कारवाही हुने बताइन् ।
त्यस्तै शुपथ मूल्य पसल सञ्चालन गर्ने र बजार अनुगमन गर्ने, कालोबजारी नियन्त्रण गर्ने निर्णय पनि सरकारले गरेको छ। कालो बजारीमा संलग्न जो कोहीलाई कडा कारबाही हुने उनले बताइन्।
त्यस्तै मन्त्रिपरिषद्ले विशेष अदालत सम्बन्धी नियमावली पनि स्वीकृत गरेको छ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया