सशस्त्र प्रहरी मुख्यालयमा पानी प्रशोधन स्थल निर्माण

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा पानी प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको छ । नवनिर्मित पानी प्रशोधन तथा वितरण स्थलको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उद्घाटन गरे ।
यस भन्दा अगाडी प्लाष्टिकका बोतल तथा जार खरिद गरी आपुर्ती गरिदै आएको पिउने पानीलाई निरुत्साहित गर्दै पिउने पानीको गुणस्तरमा शुद्धता एवं विश्वसनीयता र खर्चमा मितव्ययीता कायम गर्ने अभिप्रायले मुख्यालयमा पहिलोपटक प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रति घण्टा १५ सय देखि २ हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रुपमा दक्ष प्राविधिकबाट जाँच गर्नुकासाथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भए नभएको भनि त्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामा समेत परिक्षण गराउने व्यवस्था मिलाइएको उनले बताए ।
मुख्यालय भित्र वाटर डिस्पेन्सर, आवश्यकता अनुसार जार तथा जार सफा गर्ने मेसिनको समेत व्यवस्था गरिएको छ । अवोप्रान्त सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा बाह्य रुपमा पानी खरिद नगरिने भएको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया