विवादास्पद अभिव्यक्ति दिने आचार्य श्रीनिवास पक्राउ

विराटनगर । विवादस्पद अभिव्यक्ति दिएको आरोपमा प्रहरीले ‘धर्मगुरू’ आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ।
सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार साँझ श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएको हो।
श्रीनिवासले केही दिन अगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए। हिन्दुको विरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले दिएको अभिव्यक्तिको भिडिओ सामाजिक संजालमा भाइरल भएको थियो।
श्रीनिवासको सोही अभिव्यक्तिलाई लिएर प्रहरीले सोधपुछ गर्नुपर्ने भन्दै उनलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए।
‘केही कुरा बुझ्नुपर्ने भएकोले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थितको लागि बोलाइएको हो,’ उनले भने।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया