आइतबार, माघ २५, २०८२

गुण्डा नाइके रिगललाई आममाफी दिएको विरोधमा भारतीले सुरु गरिन् अनशन

मेरोन्यूज २०८० असोज १७ गते ११:२९

काठमाडौं । भारती मानन्धरले आफ्ना श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको आममाफीविरुद्ध अनशन सुरु गरेकी छन् ।

न्याय माग्न काठमाडौं आएकी भारतीले माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन् । उनले आफुले न्याय नपाएसम्म अनसन नछोड्ने बताएकी छन् ।

अदालतबाट जन्मकैद पाएका रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

भारतीले रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दिएकी छन् ।

प्रतिक्रिया