आइतबार, वैशाख २७, २०८३

सन् २०२५को डिभी आजदेखि खुल्ने, कहिलेसम्म पाइन्छ भर्न ?

मेरोन्यूज २०८० असोज १७ गते १९:३१

काठमाडौं । सन् २०२५को डिभी कार्यक्रमको लागि आजदेखि आवेदन खुल्ने भएको छ। बुधबार राति ९ः४५ देखि डिभी कार्यक्रम खुला हुने काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Advertisement
NiccNicc

डिभीको लागि आवेदन कात्तिक २१ गते राति १०ः४५ बजेसम्म दिन सकिनेछ। डिभी भर्नका लागि शुल्क नलाग्ने दूतावासले जनाएको छ। यसका लागि कुनै पनि कन्सल्टेन्टको पनि आवश्यक नपर्ने र सहयोग नलिन पनि दूतावासले सुझाव दिएको छ।

‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराएतापनि आफ्नो आवेदनका लागि तपाईं स्वयम् जिम्मेवार रहनुहुनेछ,’ दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमका लागि दर्ता गर्ने अवधिमा https://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डि.भी.) आवेदन फारम भर्नु पर्ने हुन्छ। दर्ता गर्दा आफ्ना पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्न अनिवार्य रहेको र यदी समावेश नगरी विवरणहरू पेश गरे आवेदन अमान्य पनि ठहरिने दूतावासले जनाएको छ।

कुनै पनि व्यक्तिले हालसालै खिचेको तस्बिर र एउटा मात्रै आवेदन बुझाउनुपर्ने हुन्छ। अघिल्लो वर्षको डिभीमा प्रयोग गरिएको फोटो हाले पनि अयोग्य नै ठहरिने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया