बिहीबार, वैशाख २४, २०८३

च्याम्पियन्स लिग : म्यानचेष्टर सिटीको लगातार दोस्रो जित

मेरोन्यूज २०८० असोज १८ गते ७:१०

काठमाडौं । च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीले लगातार दोस्रो जित निकालेको छ । वैकल्पिक खेलाडी जुलियन अल्भारेज र जेरेमी डोकुको गोलमा म्यानचेष्टर सिटीले आरबी लाइपजिगलाई हराउँदैं लगातार दोस्रो जित निकालेको हो ।

Advertisement
NiccNicc

बुधबार राति भएको खेलमा सिटीले आरबी लाइपजिगमाथि ३–१ को जित निकालेको हो।

सिटीका लागि फिल फोडेन, अल्भारजेर र डोकुले गोल गरेर लाइपजिगका लागि ओपेन्डाले गोल फर्काएपनि पर्याप्त हुन सकेन।

काराबाओ कपमा न्युक्यासल र प्रिमियर लिगमा वुल्भ्ससँग पराजित भएपछि खेलमा आएको साविक विजेता सिटीले खेलको पहिलो हाफमा पुर्णतया नियन्त्रण जमाएको थियो।

पहिलो हाफको २५ औं मिनेटमा रिको लुइसको पासमा फोडेनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

घरेलु टोली लाइपजिगले आफ्नो एकमात्र सटमा गोल गर्न सफल भयो। लुइस ओपान्डाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

तर वैकल्पिक खेलाडीको रुपमा मैदान पसेको पाँच मिनेटमा नै अल्भारेजले डोकुको पासमा उत्कृष्ट गोल गर्दै सिटीलाई पुन अग्रता दिलाए।

इन्ज्युरी समयमा डोकुले गोल गर्दै सिटीलाई ३–१ को अवस्थामा ल्याए। जितसँगै समुह जी मा रहेको सिटी ६ अंकमा शीर्ष स्थानमा छ। पराजित लाइपजिग ३ अंकमा दोस्रो स्थानमा छ।

गएराति नै भएको यही समुहको अर्को खेलमा योङ ब्वाइज र रेड स्टार वेलग्रेडले २–२ को बराबरी गर्दै अंक बाँडे। योङ ब्वाइज तेस्रो र रेड स्टार तालिकाको पुछारमा छ।

प्रतिक्रिया