आचार्य श्रीनिवास ५०० जरिवाना तिरेर रिहा
मेरोन्यूज
२०८० असोज १८ गते १९:१०

जनकपुर । हिन्दु धर्मगुरु आचार्य श्रीनिवास ५०० रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् ।
उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए ।
असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएको अभियोगमा मुद्दा चलाइएको हो ।
मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेका उनलाई बुधबार साँझ कारबाहीको लागि धनुषा ल्याइएको थियो ।
श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेका थिए ।
सम्बन्धित

















एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
टिपरको ‘हाइड्रोलिक’ उठाउँदा करेन्ट लागेर चालकको मृत्यु
NC President Thapa urges party candidates, cadres to lend ears to all voters
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए
Two people killed in road accidents, four found dead in different locations
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
प्रतिक्रिया