आइतबार, माघ २५, २०८२

दमाम उडेको जहाज बीचबाट फर्केको घटनामा दुई म्यानेजर निलम्बन

मेरोन्यूज २०८० असोज १९ गते ९:२४

काठमाडौं । साउदी अरब दमामका लागि उड्दाउड्दै प्राविधिक समस्या देखिएपछि बीचबाटै काठमाडौँ फर्काउनुपरेको हवाईजहाजका दुई व्यवस्थापकलाई कारबाही गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त जहाजको मर्मतमा संलग्न दुई व्यवस्थापकलाई तत्कालका लागि सेवाबाट निलम्बन गरेको हो ।

मंगलबार राति १२ बजेर १४ मिनेटमा काठमाडौँबाट दमामका लागि उडेको आर ए ४१२ जहाज ‘टिकास उपकरण’मा समस्या देखिएपछि बुधबार बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँमै अवतरण गराइएको थियो।

प्रतिक्रिया