आइतबार, माघ २५, २०८२

विदेशबाट इलोक्ट्रोनिक सामान नल्याउन विमानस्थलको आग्रह

मेरोन्यूज २०८० असोज १९ गते १४:३९

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट स्वदेश फर्किने क्रममा इलोक्ट्रोनिक सामाग्रीहरु नल्याउन आग्रह गरेको छ ।

भन्सार कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै विदेशबाट आउने नेपाली नागरिकहरुले आफ्ना दैनिक प्रयोजनका सामाग्रीहरु (इमरजेन्सी लाईट, पावर बैंक, आईरन हेयर ड्राईग, मिक्चर, पानी तान्ने मसिन)पठाउने(ल्याउने) गरेको हुँदा एक्सरे मसिनबाट हेर्दा शंकास्पद देखिने भएका कारण चेक जाँचको क्रममा फुटाएर हेर्नु पर्ने भएकाले सेवाग्राहीको क्षेतीप्रति भन्सार कार्यालयको ध्यानाकर्षण गएको भन्दै यस्ता सामाग्री नल्याउन नागरिकहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया