एसियाडमा क्रिकेटको फाइनलमा भारत र अफगानिस्तान भिड्ने

काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटको फाइनलमा भारत र अफगानिस्तान भिड्ने भएका छन् ।
आज भएका दुई खेलमा भारतले बंगलादेशलाई हराउँदै र अफगानिस्तानले पाकिस्तानलाई हराउँदै फाइनलमा प्रतिष्पर्धा गर्ने पक्का गरेका हुन् ।
भर्खरै सकिएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले फिल्डिङ रोजेको पाकिस्तानले १८ ओभरमा अलआउट ११६ रन बनाएको थियो । उक्त लक्ष्य अफगानिस्तानले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो।
त्यस्तै आज बिहान भएको खेलमा भारतले बंगलादेशमाथि ९ विकेटको सहज जित हात पार्दै एसियाड अन्तरगत पुरुष फाइनलमा पुगेको छ ।
बंगलादेशले दिएको ९७ रनको लक्ष्य भारतले ९.२ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । उसका लागि तिलक बर्माले अविजित ५५ र कप्तान ऋतुराज गायकवाडले ४४ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । उसका लागि जाकिर अलीले सर्वाधिक २४ र परवेज हुसेन इमोनले २३ रन बनाए ।
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका शाई किशोरले ३ विकेट लिए भने वाशिङटान सुन्दरले २ विकेट हात पारे ।















ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया