भागबण्डा पुर्याउन मधेश प्रदेशमा फुटाइयो मन्त्रालय
मेरोन्यूज
२०८० असोज १९ गते १९:५५

जनकपुरधाम । मधेश प्रदेश सरकारले भागबण्डा मिलाउन मन्त्रालय फुटाएको छ । मन्त्रालय फुटाएपछि सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
जनमतको भागमा रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको बनाइएको हो ।
चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन मन्त्रालय फुटाइएको हो ।
सुरितालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र यसअघि शिक्षा तथा समाजक कल्याण मन्त्री रहेका जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार विज्ञप्ति प्रकाशित गरि कार्यविभाजन सार्वजनिक गरेका छन् ।
सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया