दाङको तुलसीपुरमा श्रीमान्- श्रीमती मृत फेला
मेरोन्यूज
२०८० असोज २० गते १५:५३

दाङ । दाङको तुलसीपुरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । तुलसीपुर-९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका-१२ की २१ वर्षिया पबित्रा डाँगी भण्डारी एउटै कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
दुई महिना अगाडी मात्र विवाहबन्धनमा बाँधिएका उनीहरु ज्याला मजदरीको काम गदैं आईरहेका थिए ।
भण्डारी युवक झुण्डीएको अवस्थामा र युवती डाँगी टाउकोमा चोट लागि बेडमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले बताए ।
घटनाको प्रकृती हेर्दा र फेला परेको सुसाइड नोटका आधारमा युवक भण्डारीले श्रीमती डाँगीलाई कुटपिट गरेर हत्या गरेपछि आत्महत्या गरेको हुन सक्ने देखिएको केसीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित















टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया