आइतबार, माघ २५, २०८२

कोदालो प्रहार गरी छोराले गरे बुवाको हत्या

मेरोन्यूज २०८० असोज २१ गते ११:४६

धनगढी । कञ्चनपुरमा एक युवकले आफ्नै बुवाको हत्या गरेका छन्।

पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले आइतवार बिहान घरायसी विवादका क्रममा कोदालो प्रहार गरि ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन्।

हेमन्तले गरेको प्रहारले बुवाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया