गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्त भण्डारीको ‘ब्रेन म्यापिङ’

काठमाडौं । गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारीको प्रहरीले ‘ब्रेन म्यापिङ’ गराएको छ। ४ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका भण्डारीले प्रहरीका अनुसन्धान अधिकारीलाई नै रनभुल्लमा पार्ने गरी बयान दिएपछि ब्रेन म्यापिङ गराइएको हो।
भण्डारीको केन्द्रीय कारागार सुन्धारा लगेर ब्रेन म्यापिङ गराइएको प्रहरीले बताएको छ । स्वास्थ्य मन्त्रालयले केन्द्रीय कारागारमा मनोचिकित्सकको टिमसहित स्थापना गरेको ब्रेन म्यापिङ केन्द्रमा भण्डारीको ब्रेन म्यापिङ गराइएको हो।
प्रहरीले अपराध अनुसन्धानमा नेपालमा ब्रेन म्यापिङको पहिलो पटक प्रयोग गरिएको जनाएको छ। ब्रेन म्यापिङमार्फत् मानसिक अवस्था ठिक भए÷नभएको पत्ता लगाउने गरिन्छ।
गत भदौ २९ गते काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँस्थित दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका भण्डारी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारीको वीरेन्द्र चोक बस्ने भण्डारीले गत भदौ २८ गते राति दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका, आमा ७६ वर्षीया सुभद्रा र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।
भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो।















युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया