बुधबार, वैशाख ९, २०८३

असोज २९ गतेदेखि नयाँ नोट साट्न सकिने

मेरोन्यूज २०८० असोज २१ गते १७:४२

काठमाडौँ । चाडबाड लक्षित नयाँ नोट वितरण यही असोज २९ गतेबाट हुने भएको छ। नेपाल राष्ट्र बैंकले असोज २९ गतेबाट नयाँ नोट सटही सुरु गर्ने जानकारी दिएको छ ।

Advertisement
NiccNicc

राष्ट्र बैंकले सूचना जारी गर्दै आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गर्ने बताएको छ।

विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ। पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एक÷एक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन्।

राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन्।

प्रतिक्रिया