फोहरमैलालाई स्रोतमा बदलौ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले फोहरमैलालाई स्रोतको रुपमा उपयोग गर्नु पर्ने बताएका छन् । उनले त्यसको पुनः प्रयोग र प्रशोधनबाट आयआर्जन गर्न सक्नु पर्ने बताएका छन् । । यस्ले आर्थिक बिकास र समृद्धि आउने बताए ।
संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको आयोजनामा लुम्बिनीमा भयको फोहरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर प्रदेशस्तरीय परामर्श कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।
फोहरमैलाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण र फोहरमैलाको प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकारले योजना बनाएर काम गर्नेछु, मुख्यमन्त्री चौधरीले भने, त्यो अभियानमा सरकार लग्छ ।
उनले कानुनको मस्यौदा तयार गर्दा स्थानिय सरकार, प्रदेश सरकार र स्थानियसंग छलफल गरेर ल्याउनुपर्ने बताए । अहिले आएको मस्यौदा केन्द्र सरकारले हामीलाई सुनाउँछ, तर छलफलमा उठेका सुझावहरुलाई समावेश गरिर्दैन उनले भने , मुख्यमन्त्री चौधरीले छलफलमा उठेका सुझावहरुलाई समावेश गरेर केन्द्र सरकारले कानुन बनाउने कुरामा आशा व्यक्त गरेका हुन् ।
उनले फोहर व्यवस्थापनको लागि आफुबाटै शुरुवात गर्नु पर्ने बताएका छन् । उनले भने सफा शहरको परिकल्पना त्यति बेला मात्र पुरा हुन्छ जतिबेला हामी सबैले फोहर निश्चित ठाउँमा विसर्जन गर्नुपर्छ भन्ने बुझ्छौ । अहिले फोहरमैला जथाभावि फाल्ने चलन भएको औल्याउदै मुख्यमन्त्री चौधरीले अव सबैले फोहरमैला व्यवस्थापनको लागि तोकिएको ठाउँमा फाल्नुपर्ने बताएका हुन् । त्यसरी राखियको फोहरमैलालाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारले व्यवस्थापनमा काम गर्नुपर्ने उनको भनाई छ । मुख्यमन्त्री चौधरीले फोहरमैला व्यवस्थापनको लागि कानुनी रुपमै समाधान खोज्नुपर्ने बताए ।
















रामेछापमा बस दुर्घटना अपडेटः ९ जनाको मृत्यु, चालकसहित ८ घाइते
बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग
दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
PM Karki urges security bodies to remain on high-alert for election security
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
प्रतिक्रिया