अष्ट्रेलियामाथि भारतको शानदार जित

काठमाडौं । जारी आइसीसी क्रिकेट विश्वकपमा भारतले विजयी शुरुवात गरेको छ ।
क्रिकेट विश्वकपको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य पछाएको भारतले ४२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।
भारतका लागि कोहली र राहुलबीच १६५ रनको साझेदारी गरे। विराट कोहलीले ८५ रन बनाए भने केएल राहुलले अविजित ९७ रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले अविजित ११ रन बनाएका थिए । यसअघि भारतका इशान किसन, कप्तान रोहित शर्मा र श्रेयस अय्यर कुनै रन बनाएर आउट भएका थिए ।
टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुँदै १९९ रन मात्र बनाएको थियो ।
योजितसँगै भारतले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब विश्वकपमा भारतले अर्को खेल अक्टोबर ११ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अस्ट्रेलियाले अक्टोबर १२ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया