इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीकाे पत्र- आत्मबल सकिन लाग्याे, आफ्नै देश फर्कन मन छ
मेरोन्यूज
२०८० असोज २२ गते ११:१४

काठमाडौं । इजरायल-गाजा युद्धको चपेटामा परेका नेपाली विद्यार्थीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन् ।
कृषि विश्वविद्यालयबाट इजरायल गएका सुरज भण्डारीले सोमबार एक पत्र लेख्दै आफुहरुलाई देश फर्काइदिन आग्रह गरेका छन् ।
‘हाम्रो आत्मबल घट्दै गएको छ, सपनाको संसार भत्किँदै गएको छ उनले लेखेका छन्, अब धेरै सोच्ने क्षमता बाकिँ रहेन ।’ उनले आफु लगायत सबै नेपालीलाई छिटाेभन्दा छिटाे देश फर्काइदिन आग्रह गरेका छन् ।
‘खाना नखाउँ भने भोक र तिर्खा लाग्छ, खाउँ भने शौचालय जान डर लाग्छ।’ आकाश, जमिन सबैतिर आक्रमण भइरहेको छ ‘ उनले पत्रमा लेखेका छन् ‘यो युद्ध लामो छ हामीलाई भर्खरै घर फर्कन मन छ ।’
एमालेनिकट अनेरास्ववियुका नेता समेत रहेका अन्नपूर्ण गाउँपालिका–२ कास्कीका भण्डारी पढाइको शिलशिलामा इजरायल गएको एक महिना मात्र भएको छ ।
यस्ताे छ भन्डारीकाे पत्र :


सम्बन्धित















कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया