मधेसमा सशस्त्र प्रहरीले लियो २४ करोड बढीको अवैध सामान नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपालले तराईका जिल्लाहरुमा हुने अवैध क्रियाकलाप नियन्त्रणमा थप सक्रियता देखाएको छ । २०७९ चैत्र देखि २०८० भाद्र १५ गतेसम्मको अवधिका सशस्त्र प्रहरी बल नेपाल नं। २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका इकाईहरुले २४ करोड भन्दा बढिको अवैध सामान नियन्त्रणमा लिएको छ ।
सो अवधिमा २० करोड ७७ लाख ६ हजार १ सय ४४ रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा, मोटर पार्ट्स, सवारी साधन लगायतका सामान नियन्त्रणमा लिई सम्बन्धि नियकायमा बुझाई सकेको छ ।

त्यस्तै १ करोड १ लाख ४४ हजार ३ सय ९३ रुपैयाँ बराबरको पशुचौपाया, श्रोत नखुलेको नेपाली रुपैयाँ ९९ लाख ४ हजार ३ सय १५, भारतीय रुपैयाँ २८ लाख १७ हजार ३ सय १५ समेत बरामद भएको छ । यसै गरि सोही अबधिमा ७९ लाख ४२ हजार ६ सय ५० रुपैयाँ बराबरको करीव २ हजार ८ सय १३ क्यूफिट काठ र ८ लाख ४८ हजार ५ सय ५३ रुपैयाँ बरारको सुन तथा चाँदी बरामद गरेको छ ।

यसैगरी सोही अवधिमा करीव १ हजार ३ के।जी। गाँजा, ३७,७१ के.जी चरेश, ५ हजार ७ सय ७ वटा विभिन्न किसिमका लागुऔषध (नर्फिन, फेनार्गन, डाईजेपाम, कोरेक्स, सिरिन्ज, नाईट्रोभेट) ट्याब्लेट बरामद भएको छ ।

त्यस्तै ४ नाल हतियार, २० वटा गोली, २ वटा म्याग्जिन र १२ वटा कार्टिज बरामद भएको छ । भारतमा बेचबिखन गर्न लगिएका २० जना नेपाली चेलीबेटीहरुको उद्धार गरिएको छ, भने सो कार्यमा संलग्न रहेका १ सय १० जनालाई पक्राउ गरिएको छ ।
चोरीपैठारी लगायतका कार्यमा प्रयोग भएका ६ सय ४६ वटा विभिन्न कम्पनीका सवारी साधन समेत बरामद गरि भन्सार दाखिला गरेको छ । दशै तिहार मा हुन सक्ने चोरी तस्करी नियन्त्रणका लागि समेत मधेस प्रदेशको सिमा नाकामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
















युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया