दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने युवा संघका कार्यकर्ता
मेरोन्यूज
२०८० असोज २२ गते १७:०२

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने युवा संघका कार्यकर्ता रहेको खुलेको छ । सोमबार राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रसाईंमाथि युवा संघका कार्यकर्ताहरूको समूहले कालोमोसो दलेको हो ।
युवा संघका अध्यक्ष क्षितिज थेवेले प्रसाईलाई कालोमोसो दल्ने कार्यमा युवा संघको संलग्नता रहेको बताएका छन् । कालोमोसो दलेपछि एमालेको पक्षमा सो समूहले नाराबाजीसमेत गरेको थियो ।
अध्यक्ष थेवेले स्वतन्त्र युवाहरुले प्रसाईको भड्काउपूर्ण अभिव्यक्ति, संविधान र गणतन्त्रकै खिलापमा दिएको अभिव्यक्तिविरुद्ध कालोमोसो दलेको र त्यसमा युवा संघमा आवद्ध केही युवाहरु पनि रहेको उल्लेख गरेका छन् ।
राष्ट्रकै अहित हुने र समाजमा विग्रह ल्याउने कार्यमा संलग्न प्रसाई कालोमोसो दलेर युवाहरूले ठिक गरेको थेवेले बताए ।
सम्बन्धित















युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया