आइतबार, पुष ६, २०८२

बंकरबाट ११ नेपाली विद्यार्थीको इजरायली सेनाद्वारा उद्धार

मेरोन्यूज २०८० असोज २२ गते १७:२८


काठमाडौं । बंकरभित्र रहेका ११ नेपाली विद्यार्थी रहेको ठाउँमा इजरायली सेना पुगेको छ। उनीहरूमध्ये ६/७ जनाको उद्धार भइसकेको र बाँकीको केहीबेरमा उद्धार हुने बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले जानकारी दिए।

नेपाली विद्यार्थीहरू शनिबार बिहान ७ बजेदेखि बंकरमा थिए। ११ जनामध्ये ३ जना छात्रा रहेको रिजालले जानकारी दिए।

‘हामीलाई स्कर्टिङ गरेर सबैलाई सुरक्षित लैजानका लागि सेनाको उद्धार टोली आइसकेको छ। अब हामीहरू सबैजना मुभ भइरहेका छौं । हामी तेल अभिभमा सुरक्षित सेल्टरमा जाँदै छौं। हाम्रो केही साथीहरू गइसक्नुभयो। हामी ४–५ त्यो गाडीमा अटेनौं,’ रिजालले भने, ‘अब केही आश पलाएको छ। नेपाल सरकारले एक/दुई दिनभित्र हामीलाई ‘रेस्क्यु’ गरे हुन्छ।’

प्रतिक्रिया