शुक्रबार, फागुन १५, २०८२

हमासको आक्रमणमा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याउन समन्वय सुरु भयो : दूतावास

मेरोन्यूज २०८० असोज २२ गते १९:४८

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले हमास समूहको आक्रमणमा परी मृत्यु भएका दश नेपालीको शव ल्याउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय सुरु गरिएको जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली दूतावासले आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीको शव फिर्ता गर्नका लागि राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको जनाएको छ ।

दूतावासले एक विद्यार्थी अझै सम्पर्कविहीन रहेको र ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ ।

दुई विद्यार्थीलाई तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीका लागि राजदूतावासबाट विवरण संकलनको लागि अनलाइन रजिष्ट्रेसन सुरु भई दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले आवश्यक समन्वय र सहयोग गर्न पनि सबैमा आग्रह गरेको छ।

यस्तो छ दूतावासको विज्ञप्ति

प्रतिक्रिया