महोत्तरीमा नेपाल–भारत सीमा सुरक्षाकर्मीको बैठक सम्पन्न

काठमाडौं । नेपाल-भारत दुवै देशका सीमा सुरक्षाकर्मीबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । सोमबार महोत्तरी बर्दिवासमा नेपाल–भारत दुवै देशका सीमा सुरक्षाकर्मीबीच समन्वयात्मक बैठक सम्पन्न भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सीमा बैठकले विभिन्न विषयमा छलफल गरेका छन् ।
बैठकमा सीमा अपराध, साम्प्रादायिक एवं धार्मिक सहिष्णुता कायम राख्न कुनैपनि किसिमका अवाञ्छित तथा उग्र साम्प्रादायिक गतिविधि हुन नदिन आवश्यक सहयोग र सहकार्य गर्ने सहमति भएको छ ।
त्यस्तै नेपाली सवारी साधनलाई सहज रुपमा आवागमन गराउने, बढ्दो लागुऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने, सीमा अपराध नियन्त्रण गर्ने र नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनको लागि हेल्प डेक्स स्थापना कार्यलाई प्रभावकारी रुपमा संचालन गर्ने विषयमा पनि छलफल भएको छ ।















युक्रेन र रुस युद्ध जुनभित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया