खाडी मुलुकमा नेपाली नर्सको माग बढ्दै, न्यूनतम तलब नै १ लाख रुपैंयाँमाथि

काडमाडौं । खाडी मुलुक भन्ने बित्तिकै निम्न स्तरको कामका लागि मात्र जान्छन् भन्ने आम मानिसको दिमागमा छाप परेको छ । अझ ‘थ्रि डि’ (ड्यान्जर, डर्टि, डिस वास) कामका लागि मात्र नेपाली कामदार विदेस जान्छन् भन्ने धारणा स्थापित छ । त्यसमाथि कलिलै उमेरमा दुखद मृत्युवरण गरेर बाकसमा लास फर्किदा खाडीको वैदेसिक रोजगारप्रति एक प्रकारको डर पैदा हुने गरेको छ ।
तर, खाडीमा काम गर्न जाने नेपाली नर्सको हकमा आकषर्ण बढ्दो छ । पछिल्लो समय चलनचल्तीका देशहरु भन्दा नेपाली नर्सको रोजाई खाडी मुलुक बन्ने गरेको छ । साउदीलाई कर्मथलो बनाएको नेपाली नर्सले बिभिन्न देशबाट आउने स्वास्थ्य कर्मचारीको बिचमा विश्वास हासिल गरेको देखिन्छ । खाडी मुलुकका जनताहरु नेपाली नर्सको व्यबहार र सेवाबाट एकदमै प्रभाबित देखिन्छन् ।
हेटौंडा, १० मकवानपुरकी निलम चौधरीकै अनुभव सुनौं न । साउदी अरबको नम्बर वान मानिने हस्पिटलमा कार्यरत अनु एकदमै सन्तुष्ट छिन् । उनले ११ महिना काम गर्दा नेपाल भन्दा एकदमै फरक अनुभब बटुलिन् । नेपालमा नर्सलाई त्यति प्राथमिकता नदिए पनि साउदीमा उच्च प्राथमिकता दिने गरेको उनको अनुभब छ । न्युनतम तलब १ लाख रुपैंयाँ कमाउने उनी साउदीमा काम गर्दा आत्मसन्तुष्टि, इज्जत र सम्मान मिलेको बताउँछिन् । ‘यहाँ सबै डिजिटल सिस्टम छ । सबै बिरामीको रेकर्ड राख्नुपर्छ ।’ उनी भन्छिन्, ‘मुख्य कुरा नर्सलाई एकदमै सम्मान छ ।’

अनु नेपालस्थित मनास्लु इन्टरनेश्नल सर्भिस कम्पनीबाट दुई वर्षको सम्झौतामा साउदी अरब पुगेकी हुन् । दैनिक १२ घण्टा ड्युटी गर्ने उनको मासिक १६ दिन मात्रै ड्युटी हुन्छ । त्यो भन्दा बढी ड्युटी गर्नु पर्दा उनलाई अतिरिक्त कमाई हुन्छ । अबको १ महिनापछि उनी साउदी पुगेको ठ्याक्कै एक वर्ष पुग्छ । त्यसपछि पाउने सुविधाले उनलाई झन् आकर्षित गरेको छ ।
काम गरेको एक वर्षपछि नर्स एक महिनाको विदामा आफ्नो देश जान सक्छन् । त्यसका लागि हवाई टिकट दिईन्छ । त्यस अवधिमा तलब कट्टी पनि हुँदैन । एक महिना भन्दा बढी बस्न चाहेमा अनपेड लिभ मिल्छ । साउदीमा विरामी बिदा मात्र होईन नर्सलाई हेल्थ चेक अपका साथै औषधि पनि निःशुल्क मिल्छ ।
साउदीमा नर्सका रुपमा काम गर्दा पाईने बिभिन्न सेवा, सुविधा र आकर्षक तलबले अनुको मन साउदीमै बसेको छ । यो दुई वर्षको सम्झौतापछि पनि उनी साउदीलाई नै कर्म थलो बनाउँन चाहन्छिन् । अनुलाई साउदीले किन पनि मोहनी लगायो भने यहाँ न कोठा भाडा तिर्ने तनाब छ, न कामको दवाव, न कलेज पढ्नु पर्ने झन्झट नै छ । त्यसैले पनि उनी अमेरिका, अष्ट्रेलिया, क्यानाडा भन्दा साउदीलाई नै रोज्छिन् । अन्य देश जाने हो भने त्यहाँ बिभिन्न खालका झन्झट ब्योहोर्नुपर्छ । तर, साउदीमा ढुक्क छ । ‘मेरो बहिनी अष्ट्रेलियामा बस्छ । तर, म साउदीमा नै बस्न चाहन्छु ।’ नेशनल मेडिकल कलेज वीरगञ्जबाट तीन वर्षे बिएस्सी नर्सिङ गरेकी अनुलाई अहिले देशभरबाट उनका साथीहरुले आफू पनि साउदीमा काम गर्न इच्छुक रहेको सुनाउँछिन् । उनलाई दिनहुँ थुप्रैले जिज्ञासा र प्रश्न सोध्दै म्यासेज गरिरहन्छन् ।

अनु जस्तै साउदीलाई दुई वर्ष कर्म थलो बनाएकी विराटनगर, आदर्शटोलकी निशा शाह पनि निकै सन्तुष्ट भेटिईन् । जेन्टा नेश्नल हस्पिटलमा दुई वर्ष काम गरेर नेपाल फर्केकि निशा अबको हप्ता फेरी साउदी उड्दैछिन् । हस्पिटलमा मात्र होईन सुपरमार्केट र अन्य स्थानमा पनि नर्सलाई डाक्टर जत्तिकै सम्मान गर्ने गरेको पाईन् । तोकिएको तलब, यातायात, खान, बस्न र बीमा सुविधा कम्पनीले दिएपछि उनी ढुक्क भइन् कि साउदीमा काम गर्ने नर्सलाई कुनै गड्बडी हुँदैन ।
अष्टेलिया, क्यानाडा भन्दा साउदी नै राम्रो लाग्यो- निशा शाह

निशालाई साउदीमा बस्दा राम्रो लागेको अर्को कुरा के भने त्यहाँ निर्धक्क राती १२ पनि हिंड्दा पनि कुनै असुरक्षा हुँदैन । महिलाको सुरक्षा छ । नियम कडा छ । हामी ‘नेपाली हो भनेपछि एकदमै सम्मान गर्छन् ।’ निशाले सुनाइन्, ‘ओहो ! हाम्रो देशमा पनि नेपालबाट नर्सहरु आउँछन् भनेर दंग पर्छन् ।’ मुस्लिम संस्कार भए पनि काम गर्न कत्ति पनि गा¥हो नभएको उनको अनुभब रह्यो ।
निशाको नजरमा नर्सका लागि अष्ट्रेलिया, क्यानाडा भन्दा साउदी नै एकदमै उपयुक्त गन्तब्य लाग्छ । ‘दिनमा १८ घण्टा काम गरेर अष्टेलियामा नर्सले कति कमाउँछन् ? उल्टै ऋण लिएर गएका हुन्छन् । डिपेन्डेन्टमा गएका हुन्छन् ।’ उनले भनिन्, ‘ऋण तिरेर उतैको पिआर लिनु भन्दा नर्सका लागि साउदी कैयौं गुणा बुढी उपयुक्त छ ।’ साउदीमा काम गर्ने नर्सलाई कम्पनीले पानी, बिजुली बत्ति, कोठा, यातायात, खान, बस्न र बीमा लगायत सबै कुरा कम्पनीले नै खर्च ब्योहोरिदिने उनले बताईन् । आफूले कमाएको डेढ लाख रुपैंयाँ लगभग चोखै बच्ने गरेको निशा बताउँछिन् ।
‘साउदीमा अन्य देशमा जस्तो क्लब, बार वा कतै रमाइलो गर्न जाउँ भन्ने हुँदैन ।’ उनले थपिन्, ‘कमाएको पैसा पुरै बच्छ ।’ दोस्रो पटक साउदी जान लागेकी निशाले आफूले मनास्लु इन्टरनेश्नल सर्भिसँग भेटिनु भाग्यमानी ठान्छिन् । अरु कम्पनीले प्रश्न सोध्दा मात्र पनि झर्को मान्थे । मनास्लुमा पूरै सहयोग पाईएको उनको अनुभब छ ।
एक पटक साउदी बसेर फर्किएका नर्सहरू फेरी साउदीलाई नै कर्मथलो बनाउँन चाहन्छन् । बिराटनगरकी निशाकै जस्तो सपना बोकेर दोस्रो पटक साउदी जाँदैछिन्, झापाकी सूचीत्रा बल । २ वर्ष ३ महिना साउदी बसेर फर्किएकी सूचीत्रा अबको केही हप्ताभित्रै साउदीलाई कर्मथलो बनाउँन जाँदैछिन् । दुई वर्ष भन्दा लामो समय कसरी बित्यो उनलाई पत्तै भएन । साउदी बस्दा श्रीलंका, इजिप्ट लगायत एसियन र युरोपियन मुलुकका नर्स, डाक्टरहरुलाई उनले साथी बनाउने मौका पाईन् ।

सूचीत्राले साउदीको जिद्ध नेश्नल हस्पिटलमा काम गर्दा दैनिक ९ घण्टा ड्युटी गर्थिन् । हस्पिटल र म्यानेजमेन्टबाट एकदमै राम्रो सहयोग, सम्मानजनक वातावरण पाएपछि उनलाई कहिल्यै तनाव भएन । अपरेशन थियटरमा काम गर्दा उनले नेपालको भन्दा एड्भान्स टेक्नोलोजी पाईन् । विरामीको सुरक्षा, उपकरणको प्रयोग, सबैमा जिम्मेवारीपन, कामप्रतिको उत्तरदायित्व सबै कुराले उनको मन छोयो । सूचीत्रा आफू मात्रै होईन श्रीमान्लाई पनि काम खोजेर साउदीमै लगिन् ।
खाडी मुलुक जत्तिको सुरक्षित उनले कतै भेटिनन् । खाडी मुलुकबारे फैलाइएका अनेक हल्लाको पछाडी नलाग्न उनी अरुलाई सचेत गराउँछिन् । मुस्लिम देश, नियम कडा छ भनिन्छ । कानून कडा भए पनि स्वतन्त्रता र सुरक्षामा कुनै कमी नभएको उनी बताउँछिन् ।
नेपालमा नर्सहरूलाई रोजीरोटी गर्न एकदमै गाह्रो हुने गरेको सूचीत्राको अनुभव छ । सीप सिक्न, कमाउन, अपडेट हुन खाडी मुलुक जान उनी सुझाउँछिन् ।
सरकारले साउदी पठाउन सक्छ ठूलो परिमाणमा नर्स
खाडी मुलुक नेपालको लागि रेमिट्यान्सका हिसाबले मेरुदण्डका रुपमा लिईन्छ । जहाँ अधिकांस कामदारहरु जोखिमपूर्ण कामका लागि गईरहेका देखिन्छ । यस्तो बेला नेपाल सरकारले ठूलो मात्रामा नर्सहरु खाडी मुलुक पठाउन सक्छ । नेपालले उत्कृष्ट र सक्षम कामदार विदेश पठाउन सकिन्छ भन्ने छाप छोड्न सकिन्छ । ‘नेपाली नर्सहरुले साउदीमा हासिल गरेको प्रगतिलाई आधार बनाएर अरु देश पनि पठाउन सकिन्छ ।
’लामो समयदेखी खाडीमा नर्स पठाईरहेको कम्पनी मनास्लु इन्टरनेश्नल सर्भिसका चेयरम्यान बालकृष्ण श्रेष्ठ भन्छन्, ‘उनीहरु बिभिन्न युरोपियन मुलुकमा जानका दक्ष बन्न सक्छन् । त्यसका थुप्रै उदाहरणहरु छन् । युरोपपछि खाडी मुलुक ठूलो मात्रामा पठाउन सकिन्छ ।’

साउदी अरबस्थित नेपाली राजदूताबासमा कार्यरत देवेन्द्र कार्कीका अनुसार हालसम्म साउदीमा करिब ३ सय ५२ जना नेपाली नर्सहरुको मागपत्र प्रमाणीकरण भएको छ । नेपाली नर्सहरु साउदीको सुलेमान हबिब, मौवास्ता हस्पिटल,साउदी जर्मन हस्पिटल, ओजोन क्लिनिक, दार अल सिहा, राफा मेडिकल, अल रयान पोलिटेक्निक लगायतका हस्पिटलमा कार्यरत छन् ।
नेपाल सरकारले साउदीमा नेपाली नर्सको लागि तलबबापत न्युनतम ३ हजार रियाल र ५ सय खाना खर्च गराउनु पर्ने नियम छ । सोही सेवा सुविधा नेपाली नर्सहरुले पाईरहेको कार्की बताउँछन् । लामो समय साउदी अरबस्थित नेपाली राजदूताबासमा काम गरेका उपसचिव रेवती पौडेलले साउदी नेपाली नर्सका लागि राम्रो र उपयुक्त गन्तब्य भएको बताउँछन् ।
कुराकानी

नर्सलाई लामो समयदेखी बाहिर पठाईरहेको कम्पनी हो, मनास्लु इन्टरनेश्नल सर्भिस । अहिलेसम्म यो कम्पनीले ४ सयको संख्यामा नर्स विदेस पठाईसकेको छ । यस कम्पनीले एक वर्षको अवधिमा डेढ सय देखी २ सय नर्स विदेश पठाईरहेको छ । नर्सबाहेक डाक्टर, रेडियोलोजिस्ट, पारामेडिक्सलाई पनि यो कम्पनीले रोजगारीका लागि विदेश पठाईरहेको छ । मनास्लु इन्टरनेश्नल सर्भिसका चेयरम्यान बालकृष्ण श्रेष्ठसँग गरिएको छोटो कुराकानी :
मनास्लुले कहिलेबाट नर्स विदेश पठाउन थाल्यो ?
मनास्लुले गत ५ वर्षदेखी साउदी अरब, कुवेत, संयुक्त अरब इमिरेट्समा नर्सहरु विदेश पठाईरहेको छ ।
अन्य देश पनि पठाउने तयारी छ कि ?
अब युरोपका लागि तयारी गर्दैछौं । विशेषगरी बेलायत र युरोपियन मुलुकका लागि कुराकानी भईरहेको छ । बेलायतको एनएचएस नेश्नल हेल्थ सर्भिससंग कुराकानी गरिरहेका छौं ।
विदेशमा नर्सको कमाई कति हुन्छ ?
१ लाख ५० हजारबाट सुरु हुन्छ । २ लाखसम्म कमाई हुन्छ । त्यसमा कुनै कर लाग्दैन ।
त्यसका लागि अध्ययन कति हुन जरुरी छ ?
नर्सिङमा बिएन, ब्याचलर्स इन नर्सिङमा, बिएस्सी इन नर्सिङमा, पिसिएल इन् नर्सिङमा हुन जरुरी छ । नर्सिङमा लाइसेन्स लिएको एक वर्ष हुनुपर्छ । र, अनुभब पनि एक वर्ष हुनुपर्छ ।
बाहिर जानका कति पैसा कति लाग्छ ?
हामीले निशुल्क रुपमा पठाईरहेका छौ । आफ्नो डकुमेन्टेसन अन्र्तगत नर्सहरुले डाटा फ्लो र मेडिकलका लागि खर्च गर्नुपर्ने हुन्छ । भिसा, टिकट, इन्सुरेन्ख खर्च लाग्दैन ।
विदेशमा नेपाली नर्सको माग कत्तिको छ ?
विश्वब्यापी रुपमा नर्सको एकदम माग छ । कोरोनापछि धेरै नै माग बढिरहेको छ ।
तपाईंको कम्पनीबाट गएकाहरुले कुनै समस्या भोग्नु परेका घटना छन् कि छैनन् ?
सबै सन्तुष्ट छन् । अहिलेसम्म कुनै पनि समस्या भोग्नु परेको छैन । भविष्यमा पनि कुनै समस्या आइ लाग्दैन । किनभने त्यसमा सबैभन्दा राम्रो पाटो के छ भने सिधै आफ्नो काम पाईरहेका छन् । साथै त्यहाको नर्सको लाइसेन्स पाएर काम गरिरहेका छन् । नेपालको राजदूताबासले पनि नजिकबाट नियालिरहेको हुन्छ । दुताबास आफै पनि खुसी छ । नेपाली समुदाय पनि उनीहरुबाट खुसी छ ।
एक पटक गईसकेपछि कति समय बस्न पाईन्छ ?
२ वर्ष को सम्झौता हुन्छ । त्यसपछि जति पनि बस्न पाईन्छ । त्यसपछि नेपाल फर्किनै पर्छ भन्ने छैन । हामीले पठाएकै देशमा पनि बस्न सक्छन् । अरु मुलुक पनि बस्न सक्छन् ।















NAAMP and Connect Kisan Sign MoU to provide digital agricultural advisory to farmers
आचारसंहिता उल्लंघन गर्ने ५१ दल तथा उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया