सेयर बजार १९०० को विन्दुबाट झर्यो तल

काठमाडौं । सेयरबजार निरन्तर ओरालो लागेको छ । आज पनि बजार परिसूचक नेप्सेमा १९.०६ अंकको गिरावट हुँदा १८८९.५९ को विन्दुमा झरेको छ ।
नेप्से साढे ५ महिनापछि १९०० को विन्दुबाट तल भरेर बन्द भएको हो । यसअघि ८ जेठ २०८० मा नेप्से १८९१.३१ को विन्दुमा बन्द भएको थियो भने ७ जेठमा १८८३.२० को विन्दुमा बन्द भएको थियो ।
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमालाई बढाएर व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोड बनाएको थियो ।
राष्ट्र बैंकले उक्त सीमा बढाएपनि सेयर लगानीकर्तामा भने त्यसले सकारात्मक प्रभाव पार्न सकेको छैन । साताको तेस्रो कारोबार दिन मंगलबार पनि ओरालो यात्रामा सेयरब जार लागेको हो ।
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया