वल्डकप क्रिकेट : श्रीलंकाले पाकिस्तानलाई दियो ३४५ रनको लक्ष्य
मेरोन्यूज
२०८० असोज २३ गते १८:२४

काठमाडौँ । एक दिवसीय वल्डकपमा श्रीलंकाले पाकिस्तानलाई ३४५ रनको कठिन लक्ष्य दिएको छ ।
भारतको हैदरावादमा भएको आठौँ खेलमा श्रीलंकाले टस जितेर पहिला ब्याटिङको निर्णय लिएको थियो ।
टस हारेर पहिला फिल्डिङ रोजेको पाकिस्तानका बलरले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । फलस्वरुप श्रीलंकाले ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर ३४४ रन बनायो ।
श्रीलंकाका लागि कुशल मेण्डिस र सुधिरा समराविक्रमाले शतकीय पारी खेले । मेण्डिजले ७७ बलमा १२२ रन बनाए । समराविक्रमाले ८९ बलमा १०८ रन बनाए ।
पाथुम निशंकाले अर्धशतकीय पारी खेले । उनले ६१ बलमा ५१ रन बनाए ।
पाकिस्तानका लागि हसन अलिले ४ र ह्यारिस रफले २ विकेट लिए ।
दुबै टिमको यो दोस्रो खेल हो । दुवै टिमले पहिलो खेल जितेका छन् ।
सम्बन्धित
















आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया