बंगलादेशमाथि इंग्ल्याण्डको १३७ रनको सहज जित

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेटमा इंग्ल्याण्डले पहिलो जित निकालेको छ । भारतमा जारी प्रतियोगितामा आफ्नो दोस्रो खेलमा इंग्ल्याण्डले बंगलादेशमाथि १३७ रनको जित निकालेको हो ।
उद्घाटन खेलमा न्युजिल्याण्डसँग पराजित भएको इंग्ल्याण्डले दोस्रो खेलमा बंगालादेशलाई हराएको हो । पहिलो खेलमा जित निकालेको बंगलादेशको पहिलो हार हो । बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।
इंग्ल्याण्डले दिएको ३६५ रनको लक्ष्य पच्छ्याएको बंगलादेशले ४८.२ ओभर अलआउट हुँदै २२७ रनमात्रै बनाउन सक्यो ।
बंगलादेशका लागि लिटन दासले सर्वाधिक ७६ रन जोड्दा मुस्फिकुर रहिमले ५१ रनको अर्धशतकीय पारि खेले । इंग्ल्याण्डका रेस टोप्लेले सर्वाधिक ४ विकेट लिए ।
हिमांचल प्रदेशको धर्मशाला क्रिकेट स्टेडियमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३६४ रन बनाएको थियो ।
इंग्ल्याण्डका लागि डेबिड मलानले १४० रन बनाए । उनले १०७ बलमा १६ चौका र ५ छक्का प्रहार गरे । जोय रुटले ८२, जोनी बेरिष्टोले ५२ रनको योगदान गरे ।
कप्तान जोस बटलर र ह्यारी ब्रुकले समान २० रनको योगदान गर्दा क्रिस वक्सले १४ रन बनाए ।
बंगलादेशका लागि मेहन्दी हशनले सर्वाधिक चार विकेट लिँदा शोरिफुल इस्लामले तीन तथा तास्किन अहमद र सकिब अल हसनले एक एक विकेट लिए ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया