पटेरनीघाट झोलुङ्गे पुल उद्घाटन

म्याग्दी । म्याग्दीको जिल्लाको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि पटेरनीघाट झोलुङ्गे पुल निर्माण भएको छ । रु ५९ लाख नौ हजार तीन सय ६५को लागतमा एक सय १४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी नदी वारि र पारिका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।
विसं २०७८ असोजदेखि सरु भएको पुल निर्माणको काम २०८० असोज २१ गते सम्पन्न भएको थियो ।
मङ्गलबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्दै विकास निर्माणका पूर्वाधारले स्थानीयवासीको दैनिक जीवनमा सहयोग पुग्ने बताए ।
क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोग, टिविएसयु र पिटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीयवासीको श्रमदानमा झोलुङ्गे पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लले जानकारी दिए । पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने भएको छ ।
















एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
दार्चुलाको शैल्यशिखरमा वृद्धा मृत फेला
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया