कास्कीमा एक हजार चार सय बढीमा डेङ्गु

कास्की । जिल्लामा पछिल्ला दिनमा डेङ्गुको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ ।
केही दिनयता पोखराका अस्पतालमा डेङ्गु भएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेङ्गुका बिरामी उपचाररत छन् । त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले बताए ।
“अहिले दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पानी पर्न नरोकिएकाले अझै केही दिन सङ्क्रमण बढ्ने देखिन्छ”, उनले भने, “सङ्क्रमितमा उच्च ज्वरो आउने, मांशपेशी दुख्ने, टाउँको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने, थकान तथा बेचैनी हुने, जोर्नी दुख्ने लक्षण देखिने गरेका छन् ।”
स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले सङ्क्रमणबाट बच्नका लागि सचेतना नै महत्वपूर्ण हुने जनाउँदै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए । “कास्कीमा सङ्क्रमण बढ्दै गएको छ । सचेतनाका कार्यक्रम गरिए पनि सङ्क्रमण कम हुन सकेको छैन”, उनले भने, “डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त उपाय हो । यसका लागि पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, एसी, कुलरबाट जम्मा हुने पानी दैनिक परिवर्तन गर्नेलगायत कुरा सबैलाई जानकारी गराउनु पर्दछ ।”
आचार्यका अनुसार पोखरामा वडा कार्यालय, विभिन्न सङ्घ संस्थाले डेङ्गु सचेतनाका कार्यक्रम गर्दै आएका छन् । “सङ्क्रमण बढेपछि लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने । वर्षात्को समयमा पानी जम्ने भएकाले डेङ्गुको सङ्क्रमण बढी फैलिने गरेको चिकित्सक बताउँछन् ।
गण्डकी प्रदेशमा हालसम्म छ हजार सात सय ७८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशका ११ जिल्लामध्ये हालसम्म तनहुँ र कास्कीमा डेङ्गु सङ्क्रमणदर उच्च छ । मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा सङ्क्रमण देखिएको छ ।
















राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया