जीतपुर सिमराका पूर्वप्रमुख पौडेल मृत फेला
मेरोन्यूज
२०८० असोज २५ गते २०:३९

काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्वप्रमुख डा. कृष्ण पौडेल मृत भेटिएका छन् । पौडेल घरमै मृत भेटिएका हुन् । एमाले नेता पौडेल मानसिक रुपमा बिरामी रहेको र स्वास्थ्यलाभ गरिरहेका थिए ।
बिरामी रहेका पौडेलका परिवारका सदस्य बुधबार मात्रै काठमाडौँबाट सिमरा आएका थिए । दुई दिनदेखि कोठा थुनेरै बसेका पौडेलको कोठाको ढोका नखुलेपछि प्रहरी लगाएर खोलिएको थियो । कोठा खोल्दा पौडेल कोठामै बेडमा मृत भेटिएका हुन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पौडेल राजनीतिका अलावा, सिमरा क्याम्पसका प्राध्यापक र स्थानीय सहकारीमा आवद्ध थिए ।
नेकपा एमाले बाराका सचिव मनोज पौडेलले कृष्ण पौडेल घरमै मृत भेटिएको बताए ।
पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुन् । यतिबेला एमाले मधेश प्रदेश समितिको अधिवेशनसमेत चलिरहेको छ ।
सम्बन्धित
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया