धर्नारत आरती साहका आमाबुवा र भाइलाई प्रहरीले माइतीघरबाट उठायो

काठमाडौं / आरती साहलाई न्यायको माग गर्दै १२१ दिनदेखि धर्नामा बसेको पीडित परिवारलाई प्रहरीले माइतीघरबाट उठाएको छ।
प्रहरीले आरतीको आमाबुवा र भाइलाई उठाएर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगेको हो।
दाइजोको निहुँमा आरतीको हत्या भएको भन्दै आरतीको परिवार गत असार १ गतेदेखि निरन्तर काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बस्दै आएको थियो। गत बुधवार राति १० बजेतिर ४ जनाको प्रहरी समूह आएर आफूहरूलाई घेरेको र मोबाइल फोन प्रहरीलाई बुझाएको आरतीको भाइले बताएका छन्।
आज बिहान मुचुल्का उठाउन आएको प्रहरीले ब्यानर पनि च्यातिदिएको छ।
उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरालाई साधारण तारेखमा रिहा गरेको छ। यसबिरुद्ध पनि आरतीको परिवारले अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
आरतीका बुबा विनोद साहले दिएको जाहेरीमा पति मोतिबाबु र ससुरा मदन मोहनले कर्तव्यज्यान गरेको भन्ने कुरामा आधार प्रमाण नदेखिएको उच्च अदालतको ठहर छ।
जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका- ९ थापाचोकमा मृत फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति र ससुरालाई पक्राउ गरी अनुसन्धान गरेको थियो।
















24 days left to go for HoR Polls: EC focuses on voter’s education programme
One killed, two injured as three motorcycles collide
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
काभ्रेमा दलित उम्मेदवार छैनन्
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
आज कति छ सुनको भाउ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
प्रतिक्रिया