विश्वकप क्रिकेट : पाकिस्तान भारतसँग ७ विकेटले पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ । अहमदाबादमा टस जितेर पहिले फिल्डिङ गरेको भारतले पाकिस्तानलाई १९१ रनमा अलआउट गरेको थियो ।
१९२ रनको लक्ष्य भारतले ३० दशमलव ३ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा कप्तान रोहित शर्माले ८६ रनको पारि खेले । ६३ बल खेलेका उनले ६ छक्का र ६ चौका प्रहार गरे ।
यस्तै श्रेयस अय्यरले नट आउट ५२ रन बनाए । विराट कोहली र शुभमन गिल १६र१६ रनमा आउट भए । केएल राहुलले १९ रन बनाए ।
पाकिस्तनका लागि शाहीन शाह अफ्रिदीले २ विकेट लिए । यस्तै हसन अलिले १ विकेट लिए ।
यसअघि पाकिस्तानका लागि बाबर आजमले ५० रन र मोहमद रिजवानले ४९ रन बनाएका थिए ।
इमाम उल हकले ३६ र अब्दुल्लाह सफिकले २० रन बनाएका थिए ।
हसन अलीले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोर स्कोर बनाउन सकेनन् ।
भारतका जसप्रीत बुम्राहा, मोहमद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रबिन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए ।
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया