राजेश हमाललाई ‘ओभर रेडेट’ कलाकार भनेकी उषाले मागिन् माफी

काठमाडौं । अभिनेत्री उषा रजकले अभिनेता राजेश हमालसँग माफी मागेकी छन् । उनले हमालको बारेमा दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि माफी मागेकी हुन् ।
शनिबार प्रसारित ‘आम्मा कसम याँ दुख्छ’ कार्यक्रममा सञ्चालक विक्की अग्रवालले ओभर रेटेड कलाकार अर्थात् क्षमताभन्दा बढि लोकप्रिय कलाकारबारे सोध्दा उषाले राजेश हमालको नाम लिएकी थिइन्। कार्यक्रममा उनले हमालको कमजोर नृत्य कौसल र कमजोर अभिनयबारे टिप्पणी गरेकी थिइन् ।
अहिले भने उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै हमालसँग माफी मागेकी हुन् ।
यस्तो छ उनकाे स्ट्याटस :
म, उषा रजक, हाम्रा वरिष्ठ अभिनेता राजेश हमालजीसँग माफी माग्न चाहन्छु।
मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन। वहाँको बौद्धिकताबाट प्रेरित मैले हाम्रा महानायकको बारेमा, उहाँको महान कार्य र राजेशजीको योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ तर दुर्भाग्यवश ती अभिव्यक्तिहरू डिजिटल तारहरूबीच कहीं कतै हराए।
अरू कसैलाई दोष नदिइ, कुनै बहाना नबनाउँदै म मनदेखि माफी माग्दछु। आखिर शब्द मेरै हुन् स् मैले भनेको कुराको लागि म आफैं माफी माग्दछु।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया