आजदेखि बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप

सुन्दरहरैँचा । डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको बेलबारी नगरपालिका– ११ स्थित लक्ष्मीमार्गमा छैठौँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता आजबाट सुरू हुने भएको छ ।
खेलको आज अपराह्न उद्घाटन गरिने तथा आजको खेलमा डॉगीहाट युथ क्लब र भोजपुर जिल्ला फुटबल क्लब भिड्ने आयोजकले जनाएको छ । लक्ष्मी माविको खेलमैदानमा हुने अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आगामी कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ ।
बेलबारी नगरको गौरवको रूपमा विराटनगर बाहिर जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको बेलबारी गोल्डकप हो । प्रतियोगितामा विजेता टोलीले रू आठ लाख, उपविजेताले रु पाँच लाख तथा ट्रफी र प्रमाणपत्र पाउने आयोजकले बताएको छ ।
नगर प्रमुख दिलप्रसाद राईले सर्वाधिक पुरस्कार राशि भएको फुटबल प्रतियोगिता बेलबारीवासीको गौरवको विषय भएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताले नगर तथा खेलाडीलाई देश तथा विदेशमा परिचित गराउन मद्दत पुर्याएको छ । उनले भने, “मोफसलबाट सुरू भएर अन्तर्राष्ट्रियस्तरसम्म पुगेको बेलबारी गोल्डकपले खेलक्षेत्रलगायत सामाजिक एकता र आर्थिक विकासमा टेवा पु¥याएको छ ।”
छैठौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप आयोजक समितिका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारीको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन बेलबारी गोल्डकप प्रतियोगिता विगत वर्ष झै सफल हुने विश्वास व्यक्त गर्नुभयो । उनले भारतको एक टोलीसहित नेपालका चर्चित सात टोली सहभागी रहने जानकारी दिए ।
खेलमा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, विग्रेड ब्वाईज क्लब काठमाण्डौ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डॉगीहाट युथ क्लब, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी आठ टोलीको प्रतियोगितामा प्रतिष्पर्धा रहने आयोजकले जनाएको छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
पश्चिमी वायुको आंशिक प्रभाव: कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया