कोशीमा कार्कीले कांग्रेस संस्थापन र गठबन्धन दललाई पहिलो चरणमा सरकारमा सहभागी गराएनन्

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कांग्रेसको संस्थापन पक्ष र संघीय सत्ता गठबन्धनका सहयात्री दललाई पहिलो चरणमा सरकारमा सहभागी गराएनन् ।
एमाले र कांग्रेसका विद्रोही ८ सांसदको हस्ताक्षरबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो चरणमा आफूलाई सहयोग गर्नेहरूलाई मात्रै मन्त्री बनाएका हुन् । कांग्रेसको विद्रोही समूह र एमालेबाट मात्रै पहिलो चरणमा मन्त्री बनाएका छन् ।
कार्की मुख्यमन्त्री भएपछि कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिइसकेका छन् । प्रमुख सचेतक भूपेन्द्र राईसँग कार्कीले मन्त्रिपरिषद् विस्तारबारे कुनै कुराकानी गरेका छैनन् । ‘मन्त्रिपरिषद् गठनका विषयमा मुख्यमन्त्रीज्यूले मसँग कुनै कुराकानी गर्नुभएको छैन,’ राईले भने । राईले आफूसँग मुख्यमन्त्रीको कुनै टेलिफोन सम्वाद पनि नभएको बताए ।
कार्कीले प्रदेश प्रमुख परशुराम खापुङबाट आजै मुख्यमन्त्रीको शपथ लिएका छन् । शपथलगत्तै कांग्रेस शेखर कोइराला पक्ष र एमालेबाट एक एक जना मन्त्री नियुक्त गरेका छन् ।
एमालेबाट राम राना कांग्रेसबाट शमशेर राई मन्त्री बनेका छन् ।
एमालेका ३९ र कांग्रेस शेखर पक्षका ८ गरी ४७ सांसदको समर्थनबाट कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएलगत्तै काठमाडौं आएका कार्कीले शेखर र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए ।
















‘प्रचण्ड’द्वारा डा. बाबुराम भट्टराईका पिताप्रति श्रद्धाञ्जली अर्पण
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
यस्तो छ बागलुङ–१ को चुनावी गणित
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थपियो
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रतिक्रिया