सोमबार, माघ २६, २०८२

कोशीको घटनाबारे छलफल गर्न सभापति देउवाले बोलाए उप-सभापति र महामन्त्रीलाई

मेरोन्यूज २०८० असोज २९ गते १४:१६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् ।

देउवाले उप–सभापति र महामन्त्रीहरुलाई सोमबार दिउँसो ४ बजे धुम्बाराहीस्थित निवासमा छलफलका लाागि बोलाएका हुन् ।

कोशीमा कांग्रेसका नेता डा.शेखर कोइराला निकट केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् । सो घटनाले कांग्रेसको आन्तरिक राजनीतिमा खलबल मच्चिएकाे छ ।

सोही विषयमा छलफल गर्न सभापति देउवाले शीर्ष नेताहरुलाई छलफलका लाागि बोलाएको बुझिएको छ ।

प्रतिक्रिया