मुख्यमन्त्री यादवद्वारा जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण
मेरोन्यूज
२०८० असोज २९ गते १६:०७

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिएका छन् ।
प्रयोगशालाले प्रदान गरेको सेवाका बारेमा उनले सेवाग्राहीसँग प्रत्यक्ष भेटेर जानकारी लिएका हुन् । एउटा मात्र काउन्टर(लेनदेनका लागि व्यवस्था गरिएको एकाइ) हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गुनासो गरेपछि मुख्यमन्त्री यादवले काउन्टरसम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा श्रवण मिश्रलाई निर्देशन दिए ।
“सेवा प्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटो छरितो होस्”, उनले निर्देशक मिश्रलाई निर्देशन दिँदै भने । प्रदेश सरकारको लगानीमा सञ्चालित उक्त प्रयोगशालाले दैनिक सयौँ बिरामीको जाँच गर्नुका साथैसुलभ दरमा ल्याबसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित
















24 days left to go for HoR Polls: EC focuses on voter’s education programme
One killed, two injured as three motorcycles collide
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
काभ्रेमा दलित उम्मेदवार छैनन्
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
आज कति छ सुनको भाउ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
प्रतिक्रिया