विश्वकप क्रिकेट : श्रीलंकाले अस्ट्रेलियालाई दियो २१० रनको लक्ष्य
मेरोन्यूज
२०८० असोज २९ गते १८:२७

काठमाडौँ । भारतमा भइरहेको एक दिवसीय विश्वकपको १४ औँ खेलमा श्रीलंकाले अस्ट्रेलियालाई २१० रनको लक्ष्य दिएको छ । लखनउमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर ३ बलमा २०९ रन बनाएर अल आउट भयो ।
श्रीलंकाका लागि दुई ओपनर ब्याट्सम्यानले अर्धशतकीय योगदान दिए । ओपनरद्वय पाथुम निशंका र कुशल परेराले अर्धशतकीय पारी खेले ।
निशंकाले ६७ बलमा ६१ रन बनाए भने परेराले ८२ बलमा ७८ रन बनाए । अन्य ब्याट्सम्यानहरू चरिथ अशलंकाले २५ रन बनाउनुबाहेक उल्लेख्य योगदान दिन नसक्दा श्रीलंका सस्तैमा समेटियो ।
अस्ट्रेलियाका लागि बलरहरू आदम जाम्पाले ४, मिचेल स्टार्क र कप्तान प्याट कमिन्सले २, २ र ग्लेन म्याक्सबेलले १ रनको योगदान दिए ।
सम्बन्धित
















चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया