उपत्यकाका पम्पले बिनाजानकारी मूल्य घटाएको विरोधमा रोके पेट्रोल बिक्री

काठमाडौं । सोमबार उपत्यकालगायत केही जिल्लाका पेट्रोल पम्पहरूले पेट्रोल विक्रिवितरण रोकेका छन् । उपत्यकाका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो ।
आइतबार साँझ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय आफूहरूसँग सल्लाहबिना गरेको भन्दै पम्पहरूले बिक्री रोकेका हुन् । निगमले डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो ।
पेट्रोलियम डिलर्स एसोशिएसनका बागमती प्रदेश अध्यक्ष अच्युत खड्काले निगमले अप्रत्यशित रूपमा मूल्य समायोजन गरेर पम्पहरूलाई घाटा लगाएको बताए । आफूलाई मात्रै २ लाख ६० हजार रूपैयाँ घाटा लागेको उनले बताए । तर, खड्काले आफूहरूले आपूर्ति व्यवस्थामा खलल नपुर्याएको दाबी पनि गरे ।
देशभरका १६ सय पेट्रोल पम्प सञ्चालक व्यवसायीहरूको छाता संगठन एसोशिएसनका अध्यक्ष एवम् नेपाली कांग्रेसका नेता लिलेन्द्र प्रधानले पेट्रोलको बिक्री नरोकेको दाबी गरे ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया