दसैंका लागि थापाथलीमा खसीबोका बिक्री गरिदै (तस्बिरहरू)

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीमा मंगलबारदेखि विजयादशमीका लागि खसीबोकाको बिक्री सुरू भएको छ । खाद्यमा दसैंका लागि छुट मूल्यमा जिउँदो खसी, बोका र च्यांग्रा बिक्रीवितरण सुरू भएको कम्पनीले जनाएको छ ।
खाद्यले प्रतिकेजी १० रुपैयाँको छुटमा जिउँदो खसी र बोका ६७० रुपैयाँ र च्याङग्रा १२५० मा बिक्री गर्दै छ । खाद्यले आजदेखि खसीबोका बिक्री गर्न थालेपछि खसीबोका लिनेहरुको भीड समेत लागेको छ ।
गत वर्ष दसैं–तिहारमा घटस्थापनादेखि महानवमीको अवधिमा करिब ५४ हजार जिउँदा पशु काठमाडौंमा भित्रिएको थियो । तीमध्ये खसीबोका ५१ हजार, च्यांग्रा २ हजार ५ सय र राँगा ५ सय भित्रिएको थियो ।
यस वर्ष पनि व्यवसायीले ५० हजारभन्दा बढी खसीबोका भित्र्याउने जनाएका छन् । सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ ।




तस्बिरहरू : रासस
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया