ब्याजदर घटेपछि १३.१८ अंक बढ्यो नेप्से

काठमाडौँ । मंगलबार नेप्से परिसूचक १३.१८ अंक बढेर १८६४.६२ विन्दुमा पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएसँगै नेप्सेमा सुधार देखिएको हो ।
मंगलबार बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक महिनाका लागि ब्याजदर प्रकाशित गरेका थिए। जसमध्ये अधिकांशले ब्याजदर घटाएका छन्। २० मध्ये १४ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। त्यसैको सकारात्मक प्रभाव आज बजारमा देखिएको हो।
आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.०८, फ्लोट इण्डेक्स १ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंक बढेको छ।
कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८९ स्टकको ४५ हजार ४५६ पटकको कारोबारमा १ अर्ब रुपैयाँ बराबरको ३८ लाख १३ हजार कित्ता शेयर कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन हाथवे इन्भेष्टमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
आज एनआईबिएल प्रगति फण्डको इकाईमूल्य सर्वाधिक ७.३५ प्रतिशत बढेको छ। श्वेत गंगा हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड र मेगा म्युचुअल फण्ड १ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया