आइतबार, वैशाख २७, २०८३

फिफा विश्वकप छनोटमा लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

मेरोन्यूज २०८० असोज ३० गते १९:५३

काठमाडौँ । फिफा विश्वकप छनोट २०२६ अन्तर्गतको प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध जित निकालेको छ।

Advertisement
NiccNicc

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा १–० गोलले नेपालले लाओसलाई हराएको हो ।

नेपालका लागि ५३ औं मिनेटमा अञ्जन विष्टको पासमा मनिष डाँगीले गोल गरे। जितसँगै नेपालले समूह एचमा स्थानमा बनाएको छ। समूह एचमा युएइ र बहराइन छन्।

उनीहरू रहेको समूहमा पहिलो चरणको यमन र श्रीलंकाबिचको विजेता रहनेछन्।

यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको नेपाल र लाओसबीचको खेल १–१ को बराबरीमा सकिएको थियो ।

पहिलो चरण पार गरेपछि नेपाली फुटबल टोलीले दोस्रो चरणमा ६ खेल खेल्ने अवसर पाउनेछ ।

दोस्रो चरणमा एसियाका शीर्ष २६ वरियतामा रहेका टोलीसँगै पहिलो चरण पार गरेका १० गरी कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सहभागि टिमलाई ९ समुहमा विभाजन गरिनेछ । हरेक समूहमा चार टोली हुनेछ । जसमा हरेकले एक अर्कासँग होम एण्ड अवेका आधारमा दुई–दुई खेल खेल्नेछ ।

दोस्रो चरणको खेलहरु आगामी नोभेम्बरदेखि नै सुरु हुनेछ र २०२४ को जुनसम्म सञ्चालन हुनेछ ।

दोस्रो चरणमा ९ समूहबाट समूह विजेता र उपविजेता हुने दुई दुई गरी कूल १८ टोली विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् र २०२७ को एसियन कपमा पनि सिधै छनोट हुनेछन् ।

प्रतिक्रिया