बुधबार, वैशाख ९, २०८३

डलरकाे भाउ कति पुग्याे ?

मेरोन्यूज २०८० कार्तिक १ गते ६:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

Advertisement
NiccNicc

बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ५१ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसा रहेको छ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८७ पैसा र बिक्री दर १६२ रुपैयाँ ६० पैसा रहेको छ ।

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।

प्रतिक्रिया