महिन्द्राको नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर अब कुपन्डोलमा

ललितपुर । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुप ( बालाजु अटो वर्कस)ले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति कुपन्डोल, ललितपुरमा नया ट्विन पीक २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।
यस २ एस सर्भिस सेन्टरको उद्घाटन सामुहिक रुपमा गरिएको थियो । एस सर्भिस सेन्टर क्षेत्रीय प्रबन्धक ( ए.पी.ए.सी) र समर्थन कार्यहरू -अन्तर्राष्ट्रिय अपरेसन्स्, महिन्द्रा एण्ड महिन्द्रा ( जोइदीप मोइत्रा, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा चैतन्य कगलकार, अग्नी ग्रुपका प्रबन्ध निर्देशक – क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक – सुसन श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक – अर्जुन प्रसाद शर्माद्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नी ग्रुपका प्रतिनिधिहरुका साथसाथै अन्य अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।
यो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य ललितपुर र वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु रहेको जनाइएको छ ।
बालाजु अटो वर्क्सले नयाँ २ एस ट्विन पीक सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न सबै ग्राहकहरूलाई आग्रह गरेको छ । अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको दावी गरेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुप ( बालाजु अटो वर्कस) आफ्ना सेवाहरु यसरी नै नेपाल अधिराज्यभरि विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
साथै, ग्राहकहरुले सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १६६००–१००–२०० (नेपाल
टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्ने पनि उसले जनाएको छ ।
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया