चितवनमा २७ हजार बढी पशुलाई लम्पी स्किनविरुद्ध खोप

चितवन । जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ । तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भैँसी, एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२ पाठापाठी र दुई सय २३ गोरुमा खोप लगाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार रोगको सङ्क्रमण देखिन थालेपछि जेठदेखि जिल्लामा खोप लगाउन सुरु गरिएको हो । गत वैशाखमा रोगको सङ्क्रमण देखिएको थियो । लगाइएका खोपमध्ये केन्द्रले आठ हजार दुई हजार ५० खोप उपलब्ध गराएको थियो भने अन्य खोप स्थानीय पालिका एवं कृषकको अग्रसरतामा लगाइएको हो ।
कार्यालयका अनुसार जिल्लामा हालसम्म १२ हजार पाँच सय २३ पशुचौपाय सङ्क्रमित भएका छन् । जसमध्ये गाई ११ हजार तीन सय ७८, गोरु सात सय ९६ र भैँसी तीन सय ४९ रहेका छन् । यस्तै, सङ्क्रमितमध्ये चार सय दुईवटा पशुचौपाय मरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्कअनुसार गाई तीन सय ७४ र गोरु २८ मरेका हुन् । सङ्क्रमणमुक्त पशुचौपायमा १२ हजार एक सय चारवटा पशुचौपाय रहेका छन् । जसमा गाई १० हजार नौ सय ८७, गोरु सात सय ६८ र भैँसी तीन सय ४९ वटा सङ्क्रमणमुक्त भएका छन् । यस रोगको सङ्क्रमण अहिले १७ वटा पशुचौपायमा मात्रै रहेको अधिकृत डा आचार्यले जानकारी दिए ।
गर्मी मौसममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप फैलिने गरेको छ । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, मुख, ओठ, र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्ने जस्ता लक्षण देखापर्दछन् ।
यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट सर्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसार, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार किट विकर्षकको प्रयोग गर्नुपर्ने अधिकृत डा आचार्यले बताए ।
















प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया