मिस युनिभर्स नेपालले विश्वव्यापी मञ्चमा राष्ट्रिय पोशाक सहित युद्ध र शान्तिको सन्देश झल्काउने

काठमाडौँ । मिस युनिभर्स नेपालको विश्वव्यापी प्रतियोगितामा नेपालले आफ्नो प्रतिनिधित्व गर्दै राष्ट्रिय पोशाक सहित विश्व शान्तिको कामना गर्ने भएको छ । बुधबारआयोजित एक समारोहका बिच मिस युनिभर्स नेपालले राष्ट्रिय पोशाक सहितको प्रस्तुती प्रस्तुत गरेको हो ।
उमंग क्रियसनले नेपालमा आयोजना गरेको एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ की विजेता जैन दिपिका ग्यरेटले विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय पोशाक सहित आफ्नो प्रस्तुति मार्फत विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने तयारी गरेकी हुन् ।
एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ ले यस पटकको विश्वव्यापी प्रतियोगितामा नेपालको राष्ट्रिय पोशाक प्रस्तुत गर्ने आयोजक संस्थाका डाइरेक्टर उद्धव अधिकारीले जानकारी दिए । उनले राष्ट्रिय पोशाक मार्फत विश्व शान्तिको कामना गर्दै विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने जमर्को गरिएको बताए ।
त्यसका लागि एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ की नेपाालबाट विजेता हुनुभएकी जैन दिपिका ग्यरेट प्रशान्त ताम्राकारको कोरियोग्राफीमा रहेका छन् ।
मिस युनिभर्स २०२३ को ग्रान्ड फिनाले एल साल्वडोरमा आगामी नोवेम्बर १८ मा हुँदैछ ।



















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया