एनआरएनएको अध्यक्षमा डा.बद्री केसी विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा.बद्री केसी विजयी भएका छन्। बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा केसीले आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गरे ।
डा.केसीले १ हजार ३७८ मत पाए । उनका प्रतिष्पर्धीद्वय शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको परिणाममा उल्लेख छ ।
काठमाण्डौंको होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यमा डा. हेम राज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा. विनोद श्रेष्ठ (१५६०) मत पाएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
महिला उपाध्यक्षमा रोजिना प्रधान १९४७ मतसहित विजयी भइन् । उनकी निकटतम प्रतिष्पर्धी यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन्।
युवा उपाध्यक्षमा अब्दुल बासिदलाई हराउँदै रोसन थापा विजयी भए । । थापाले २४६८ मत प्राप्त गर्दा बासिदले १३२२ मत ल्याए ।
संघको महासचिवमा बुद्धि सुवेदीलाई हराएर गौरीराज जोशी निर्वाचित भए । जोशीले २०३७ मत प्राप्त गर्दा सुवेदीले १८१८ मत प्राप्त गरे ।
उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) मत ल्याएर विजयी भए ।
६ सचिवमा भिम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारसमणी पोखरेल (१६५१) र स्वतन्त्र प्रताप शाह (१६६६) मतसहित विजयी भए।
महिला सचिवमा टिका गुरुङ, राधिका (२३२०) विजयी भइन्। कोषाध्यक्षमा सुदन थापा १९१७ मत प्राप्त गरेर विजयी भए ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया