आइतबार, माघ २५, २०८२

बीआरआई सम्मेलनमा नेपालका कुन दलका कुन नेता सहभागी ?

मेरोन्यूज २०८० कार्तिक ३ गते ७:४७

काठमाडौँ । चीनले आयोजना गरेको तेस्रो बेल्ट एन्ड रोड इनसियटिभ (बीआरआई) फोरममा नेपालका तीन दलका नेताले सहभागिता जनाएका छन् । नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) तथा नेकपा (माओवादी केन्द्र)का नेताले सहभागिता जनाएका हुन् ।

कांग्रेसको तर्फबाट फोरममा पूर्व उपप्रधानमन्त्री एवं विदेश विभाग प्रमुख सुजाता कोइराला र पूर्वप्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले बीआरआई सम्मेलनमा सहभागिता जनाएका हुन्।

कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र डाक्टर युवराज संग्रौला सहभागी भएका छन् ।

त्यस्तै नेपाल सरकारको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सम्मेलनमा सहभागी थिए। उनी सत्तारुढ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष पनि हुन्।

प्रतिक्रिया